सरकारको काम सन्तोषजनक छैन : बिमलेन्द्र निधि
काठमाडौं।नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिले सरकारको काम सन्तोषजनक नभएको पनि बताएका छन्।

आइतबार बिहान नेपाल प्रेस युनियन धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा नेता निधिले सरकार गठबन्धनको भएपनि काम सन्तोषजनक नभएको बताए।उनले भने,‘सरकार गठबन्धनको छ । तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धनको जस्तो व्यवहार गर्दैनन्,’ उनले भने, ‘सरकारको काम सन्तोषजनक छैन ।’
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने भरपूर प्रयास भइरहेको दाबी पनि उनको थियो।
नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर भ्रमणमा आउन लागेको समेत जानकारी दिए । उनले यसअघि मौसम प्रतिकुलताले रोकिएको राष्ट्रपति पौडेलको जनकपुर भ्रमणको टुंगो लागेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपतिज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’

