देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द



काठमाडौं।नेपाल चिकित्सक संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको बिरोधस्वरुप आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको छ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि आक्रमण गर्नेलाई भदौ २७ गते ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिएक संघले आईतवार आकस्मिकबाहेकका सेवा बन्द गरेको हो।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।

सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भदौ ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू अगाडी बढाउन बाध्य भएको संघद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्