प्रतिनिधि सभाको बैठक आज बस्दै



काठमाडौं।प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन्।

यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्