नरनाथ आधारभूत विद्यालयमा तीज बिशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा रहेको आधारभूत विद्यालयले तीज बिशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
विद्यालयका विद्यार्थीलाई विद्यालय मावली घर र चेलीबेटीहरुका लागि माईतीघरको नमूना बनाउनु पर्ने,विद्यालय र समुदायबीछ प्रगाढ सम्बन्ध कायम गर्दै गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद कटेलले जानकारी दिए।
उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए।
शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय शिक्षासंग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति थियो।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ध्रुब बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख अतिथि तथा उपाध्यक्ष बिना राई बिशेष अतिथि थिए।
नरनाथ आधारभूत विद्यालयले बिगत लामो समय देखि शैक्षिक बिकास र गुणस्तरीयता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा रहेको छ।