माप्यदुधकोशीमा सिकाइको माध्यमबाट साक्षर बिकास तालिम सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका र हिमालय ट्रष्ट नेपालको संयुक्त आयोजनामा संचालन गरिएको तीन दिने सिकाइको माध्यमबाट साक्षर बिकास तालिम सम्पन्न भएको छ।

१८ विद्यालयका ३२ शिक्षकहरुको सहभागिता रहेको उक्त तालिम कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमसंग सम्बन्धित रहेको तालिमका प्रशिक्षक चन्द्रदेव भट्टले बताए।
कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमको आधारमा पढाउने बिधि ,मूल्यांकनको तरिका र साक्षरता बिकासका क्रियाकलाप गर्न शिक्षकहरुको पेशागत बिकास गर्ने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,उपाध्यक्ष गौरव राई,वडा नं-२,३,५ र ७ का वडाध्यक्षहरु,कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव,शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष राईले प्रशिक्षार्थीले सिकेका सीपलाई कक्षाकोठामा लगेर ब्यबहारिक रूपमा लागु गर्न सके गुणस्तरीय शिक्षामा टेवा मिल्ने बताएका थिए।

