सोलुदुधकुण्ड नगरपालिकाका सबै वडामा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले वित्ती साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका ११ वटै वडाहरुमा सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
वित्तिय कर्मचारी मञ्च र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बीमा,बैकं तथा वित्तिय सेवा, पुजीँ बजार, डिजिटल बैंकिङ र कर सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिने भए नगर प्रमुख शेर्पाले जानकारी दिए।
आयमूलक क्षेत्रमा साधन र स्रोतको सहि सदुपयोग गरी नगरबासीले जीवनस्तर सुधार गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख शेर्पाले बताए।

