नेम्बाङको अन्त्येष्टि भोलि, दुई छोरा बिदेशबाट फर्कंदै



काठमाडौ।हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर भोलि अन्तिम संस्कार गरिने भएको छ।

उनका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने नेकपा एमालेले जनाएको छ। दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन्।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ। त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ।नेम्वाङलाई गएराति हृदयाघातका कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्