बीपी जयन्तीका अवसरमा नेबिसंघ सोलुखुम्बुले आयोजना गर्यो बक्तृत्वकला प्रतियोगिता
सोलुखुम्बु।११० औं वीपी जयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ सोलुखुम्बले खुल्ला वक्तृत्वकला आयोजना गरेको छ।

आइतबार जिल्ला सदरमुकाम सल्लेरीमा आयोजना गरिएको ‘नेपाली साहित्य र राजनीतिमा वीपी’ विषयक बक्तृत्वकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगीहरुमध्ये सोलुदूधकुण्ड नगरपालिका-११ कि सुस्मा बस्नेत प्रथम, दिवाना राई द्वितीय, दोर्जी शेर्पा तृतीय र याङ्जी शेर्पा सान्तवना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमश नगद ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र तथा सान्तवना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको विद्यार्थी नेता द्रोण बास्तोलाले जानकारी दिए ।

नेविसंघका जिल्ला अध्यक्ष नविन बस्नेतको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति, राष्ट्रिय सभा सदस्य तथा संसदीय दलका नेता रमेश रायमाझी, कांग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, उपप्रमुख टिका माया मगर, सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धी माया तामाङ, नेचासल्यान उपाध्यक्ष बिना राई, कांग्रेस नेता चन्द्र आचार्यसहित विद्यार्थी तथा पार्टीका नेताहरुको उपस्थिती रहेको नेबिसंघले जनाएको छ।
कार्यक्रम सञ्चालक विद्यार्थी नेता बास्तोलाका अनुसार बक्तृत्वकलाको निर्णायकमा गंगा खालिङ लगायत रहेका थिए।

