प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भयो, अब सरकारको नेतृत्व फेर्नुपर्छ : कोइराला



मकवानपुर ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक बन्दै गएका कारण वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन्।

११० औँ बीपी जयन्तीको अवसरमा आज आइतवार हेटौँडा–११ काे नवलपुरमा बीपीको शालिक अनावरण गर्न हेटौँडा आएका कोइरालाले आईतवार प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उनको टिप्पणी छ ।

कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदामात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गर्दै देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको टिप्पणी पनि गरे ।

प्रधानमन्त्रीले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भने उनको भनाई थियो,- ‘प्रधानमन्त्रीले नै जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना घटना पुग्यो।’ धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भएको उनको भनाई थियो।file goto

प्रतिक्रिया दिनुहोस्