राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीमा सोलुखुम्बुबाट तीन जना सदस्य
सोलुखुम्बु।राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको कमिटीको सदस्यमा सोलुखुम्बुबाट तीन जना सदस्य निर्बाचित भएका छन्।

शनिबार सम्पन्न संघको प्रथम अधिबेशनमा सोलुखुम्बुबाट कोशी प्रदेश कमिटी सदस्यमा संगम बायुङ राई,मोहन खड्का र कामना राई निर्बाचित भएका हुन्।
अधिवेशनले अरुण गुरुङको अध्यक्षतामा ८९ सदस्यीय कमिटी चयन गरेको थियो। युवा संघ प्रदेश कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी (मोरङ्ग) ,सचिवमा विनोद राना,सहसचिवद्वयमा निरजमान सिहं बस्नेत,शरण फागो,कोषाध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ र प्रवक्तामा मनोज राय रहेका छन्।
यसैगरी,युथ फ्रोस प्रमुखमा राजन बानियाँ,साइबर सर्कल प्रमुखमा सागर पोखरेल,विज्ञ युवा परिषदमा दिनेश खड्का,महिला विभाग प्रमुखमा पार्वती तामाङ र संगठन
विभाग प्रमुखमा आन्नद राई निर्व्बाचित भएको युवा संघले जनाएको छ।

