काठमाडौंको दरबारमार्ग आईपुग्यो नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहालको ‘मोही सेवन अभियान’
काठमाडौं। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल झण्डै तीन वर्ष अगाडिबाट सुरु गरेको मोही सेवन अभियान काठमाडौंको दरबारमार्ग आईपुगेको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्ब उर्जामन्त्री गोकर्ण बिष्टले आफैं मोही पारेर शनिबार सो अभियानको सुरुवात गरेको डेरी एशोसिएसनका अध्यक्ष दाहालले जानकारी दिए।काठमाडौंको दरबारमार्गमा हरेक शनिवार बिहान ६ बजेबाट १२ बजेसम्म कार्यक्रम हुने र उपस्थित सवैलाई नि:शुल्क मोही सेवन गराईने एशोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबीचको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण हाट बजारमा ठेकीमा मोही पारेर नि:शुल्क सेवन गराउन लागिएको हो।
ठेकीमा मोही पारेर अभियानको सुरुवात गर्ने क्रममा सांसद बिष्टले बिगतमा मोही पारेको आफ्नो अनुभव सुनाउंदै ५० वर्षपछि यसरी प्रत्येक मोही तुल्याउन पाउँदा अत्यन्तै खुशी लागेको बताएको अध्यक्ष दाहालले बताए।
सोही कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र मधेस प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशका शंकर शाहले पनि आफैं मोही पारेर अनुभव लिएका थिए। गराउने उद्देश्य रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।
एसोसिएसनका सल्लाहकार भुपेन्द्र थापाले यस्तो किसिमको कार्यक्रमले हाम्रो पुराना मौलिक परम्परा जोगाउन सहयोग पुग्नुको साथे सबैले बुझ्न र सिक्न अवसर पाउने बताए ।

