प्रधानमन्त्री प्रचण्ड समाज भड्काउने काम गरिरहेका छन् : कांग्रेस नेता कोइराला



भरतपुर।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’अराजक हुँदै गएको बताएका छन्।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसले नेतृत्व लिन सकेमात्रै आफूहरु अघि बढ्न सक्ने दाबी गरेका थिए।प्रधानमन्त्रीको रुपमा प्रचण्डले आफूलाई मत दिए जातीय राज्य दिन्छु भन्दै हिँड्नु अराजक भएको बताएका छन्। जातीय राज्यको वकालत गरेर समाज भड्काउने काम प्रधानमन्त्रीले गरेको उनको आरोप छ।

उनले भने,-‘देशको प्रधानमन्त्री अराजक भइसक्नुभयो। आदिवासी जनजाति दिवसको दिन उहाँले–मलाई तपाईंहरुले विजयी बनाउनुहोस्, जिताउनुहोस् म जातीय राज्य दिन्छु भन्नुभयो। उहाँ पार्टीको सभापतिको हैसियतामा बोलेको भए मलाई केही अप्ठ्यारो थिएन,बोलिन्छ। तर देशको प्रधानमन्त्रीले गैर जिम्मेवार कुरा गर्न मिल्दैन।’file foto

प्रतिक्रिया दिनुहोस्