कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ



विराटनगर।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार सांंझ पद तथा गोपनीयताको सपथ गराएका हुन।

सर्वोच्चको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्कीलाई आजै संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री नियुक्त भए लगत्तै मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रीमण्डल गठन गर्दै तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री र सामाजिक विकास राज्यमन्त्री सृजना राई नियुक्त गरेका थिए।उनीहरूले पनि आजै सपथ लिएका छन्।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्