प्रेस सेण्टर सोलुखुम्बुको बिशेष भेला सम्पन्न, कार्कीको नेतृत्वमा नयाँ समिति गठन



सोलुखुम्बु।प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुमा नयाँ नेतृत्व चयन भएको छ।बिहिवार सदरमुकाम सल्लेरीमा सम्पन्न बिशेष भेलाले अन्जु कार्कीको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरेको हो।

प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेश कमिटी अध्यक्ष विनोद घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भेलाद्वारा गठित
९ सदस्य संयोजन समितिको सचिवमा मिङमार तामाङ र सदस्यहरुमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई रहेको प्रेस सेन्टर सोलुखुम्बुले जनाएको छ।

भेलामा प्रेस सेन्टर नेपाल केन्द्रीय लेखा आयोग सदस्य भिम राई, नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति सदस्य रामसंघर्ष किराती,पत्रकार महासंघ जिल्ला सचिव डिबि खालिङ, नेकपा माओवादी केन्द्र माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई लगायतले शुभकामना व्यक्त गरेका थिए।

भेलाले जिल्ला इन्चार्जमा धनबल राई र प्रदेश कमिटीमा तेज कुमार किरांतीलाई सिफारिस गरेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्