कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेले दिए राजीनामा
काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन् ।

कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा समर्पित हुन आफुले सो पदबाट राजीनामा गरेको काफ्लेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाउंदै गरेको फोटो समेत मंगलबार बिहान साझा गरेका छन् ।
प्रदेशसभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।file foto

