लुम्बिनी एमाले अधिबेशन : सचिबमा आचार्य निर्बिरोध,बांँकी पदका लागि केहि बेरमा मतदान सुरु हुँदै
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश पदाधिकारी तथा सदस्य चयनका लागि आज मतदान हुने भएको छ । सोमबार
बेलुकै मतदान गर्ने कार्यतालिका रहे पनि मतपत्र छाप्न समय लागेपछि आज केहि बेर पछिबाट मतदान सुरु गर्न लागिएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित हुनु भएको एमाले प्रचार विभाग सदस्य डीआर घिमिरेले जानकारी दिए।
सचिव वाहेक पदाधिकारी ४ पदका लागि १२ जनाको र लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।
अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिहरु मतदाता रहेका छन् ।

