नेचासल्यानमा स्त्रीरोग सम्बन्धि दुई दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा स्त्रीरोग सम्बन्धि दुईदिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजना तथा नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित सो शिबिरमा स्तन क्यान्सर पहिचान, पाठेघर सम्बन्धि समस्याको पहिचान तथा उपचार, भिआइए टेस्ट र पिएपी स्मिएर टेस्ट गरिएको गाउँपालिका उपाध्यक्ष बिना राईले जानकारी दिइन।आइतबार र सोमबार सञ्चालित नि:शुल्क शिबिरमा ४ सय २५ जनाले सेवा लिएको बताईएको छ।
गाउँपालिकाको वडा नम्बर २ सल्यानमा सम्पन्न स्वास्थ्य शिबिरमा स्त्रीरोग विशेषज्ञ डाक्टर अनुसा शर्माको समूहले सेवा प्रदान गरेका थिए।

