वीर अस्पतालकाे छैटौं तलाबाट हाम फालेर १ जनाकाे मृत्यु
वीर अस्पतालमा बिरामी कुरुवाको रुपमा छिरेका एक पुरुषले अस्पतालकाे छैटौं तलाबाट हाम फालेका छन् । अस्पताल स्राेतका अनुसार उनी बिरामीकाे कुरूवा भनेर छिरे पनि उनकाे काेही पनि बिरामी मान्छे अस्पतालमा छैन ।

वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट ती व्यक्तिले आइतबार राति करिब २ बजे हाम फालेको जनाइएको छ । तर उनको पहिचान हुन सकेको छैन ।
काठमाडौँ प्रहरी स्रोतका अनुसार खसेर ज्यान गुमाउने ती पुरुष अन्दाजी ४० वर्षका थिए । उनको सनाखत हुन सकेको छैन भने शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । साभार : न्युज २४

