सरकार भ्रष्टाचारको फाईल खोल्ने र त्यसलाई बीचैमा तुहाउने काम गरिरहेको छ : कांग्रेस सांसद केसी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार र तस्करीबाट सम्पूर्ण देश आक्रान्त भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै केसीले भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न नसकेसम्म सुशासनको प्रत्याभूति हुन सक्दैन ।

वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताउंदै सांसद केसीले भने,-‘अहिले भ्रष्टाचारका फाइलहरू एकपछि अर्को खोल्ने तर तिनलाई टुंगोमा नपुर्‍याई बीचमै तुहाउने काम भइरहेको छ।’

एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीको सरुवा गरिएको प्रती असन्तुष्टि प्रकट गर्दै केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको बताए ।

पाँच महिना र सात महिना नपुग्दै अहिले प्रहरी अफिसरहरू जुन ढंगले परिवर्तन भएका छन्, त्यो परिवर्तन के का लागि, किन ? उनको प्रश्न थियो । file foto

प्रतिक्रिया दिनुहोस्