सेनाको हेलिकप्टरमार्फत माप्यदुधकोशीकी एक गर्भवती महिलाको उद्दार



सोलुखुम्बु।जिल्लाको माप्य दुधकोशी गाउँपालिकाबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।

जुभिङ स्वास्थय चौकीमा भर्ना भएकी गाउँपालिकाको वडा नम्बर १ की २१ वर्षिया संगिता दर्नालले जुम्ल्याहा बच्चालाई जन्म दिन नसक्दा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

हाल उनको थापथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दर्नालको उपचार भइरहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको सिफारिसमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्