पेप्सीकोलामा सवारी दुर्घटना अपडेट : दुई जनाको मृत्यु,१२ घाइते



काठमाडौं।काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन एकै ठाउँमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए। मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीया उषा थापा छन्।

जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बोलेरो बिहान आपसमा ठोक्किएका थिए।दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कूटर र बागमती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकल पनि दुर्घटनामा परेका थिए।

बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्