काठमाडौं महानगरका मेयर बालेन साहलाई पुत्रीलाभ



काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पिता बनेका छन्। मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।

विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन्।

सविनालाई हिजो राति अस्पताल लगिएको थियो। सविना चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले फेसबुकमा आक्रोश पोखेका थिए। मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका थिए।

प्रतिक्रिया दिनुहोस्