‘हामी र हाम्रो कृति समूह’को चौथो कृति ‘लिस्नु’ गजल संग्रह बिमोचित



काठमाडौं।’हामी र हाम्रो कृति समूह’को चौथो कृति गजलकार ईशाहक हुसैनको’लिस्नु’गजल सङ्ग्रह बिमोचन गरिएको छ।

कृति समूहमा आवद्ध १२ जनाले हरेक महिना एक सर्जकको पुस्तक विमोचन गर्ने उद्देश्य अनुरूप शनिबार हुशैनको गजल संग्रह बिमोचन गरिएको हो।लीलाध्वज साहित्य प्रतिष्ठानको हलमा आयोजित विमोचन कार्यक्रम वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्य तथ लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको विशिष्ट आतिथ्य र मुकुन्द आचार्यको आतिथ्यमा सम्पन्न भएको थियो।

समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले ‘हामी र हाम्रो कृति समूह’को उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको कार्यक्रममा चर्चित गजलकार गणेशबाबू अधिकारीले बिमोचित कृतिको समिक्षा गर्नुभएको थियो।उपस्थित स्रष्टाहरु मध्यबाट भुवन सिवाकोटी, वसन्त ओली वसन्ती, रूद्र अधिकारी, सरिता थापा मगर, मानन्धर अभागी, आँचल कुमार शर्मा, विद्या अनामिका तिवारी, महेश रिजाल, नम्रता उप्रेती, उत्तम भेटुवाल, उत्तम शर्मा र राजन पुडासैनीले लोकार्पित कृतिबाट गजल वाचन गरेर कार्यक्रमलाई उत्कृष्ट बनाउनु भएको थियो भने प्रमुख अतिथि आदरणीय राजेन्द्र थापा सरको आजै पर्न गएको जन्मदिनको सरप्राइज केकले झनै रोचक बनाएको थियो ।यसअघि स्वागत मन्तव्य गंगा आचार्य र शुभकामना मन्तव्य राजेन्द्र थापा, विजयध्वज थापा, मुकुन्द आचार्य,तिलक लुईँटेल,सुनिल अधिकारीले व्यक्त गर्नुभएको थियो।

समूहका सदस्य टेकराज भट्टको सभापतित्व र भएको भुवन सिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षसहित साहित्यानुरागीहरूको बाक्लो उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्