माओवादी केन्द्रद्वारा दिप्लीघाटमा मोटरसाइकल मार्ग निर्माण सुरु



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटको झुलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत गर्ने गरि बाटो निर्माण कार्य सूरु गरेको छ ।

मंसिर १५ सम्म सञ्चालन हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको आज पहिलो दिन उक्त कार्य सुरु गरिएको माओवादी केन्द्र थुलुङ दुधकोशी अध्यक्ष राम संघर्ष किराँतीले जानकारी दिए।

दुधकोशी नदिमा रहेको बेलिबृज बाढीले बगाइ सवारी आवगमन बन्द भएपछि मोटरसाइकलका लागि बैकल्पिक मार्ग निर्माण गर्न लागिएको प्रदेश समिति सदस्य गणेश कुमार राईले भनाइ छ। वडा नम्बर ७ र ८ को पार्टी कमिटीको संयुक्त पहलमा उक्त बाटो निर्माण गरिने छ ।

यस्तै मुक्लीमा दुधकोशी सामुदायिक अस्पतालदेखि वीरेन्द्रदोय मावि मुक्ली जाने सडक सोलिङ गरिएको प्रदेशस्तरीय सूचना संकलन तथा प्रचारप्रसार समितिका सदस्य भोजराज कार्कीले जानकारी दिए । पार्टी कमिटीमा आन्तरिक छलफल तथा अन्तरक्रिया देखि विकास निर्माणको कार्यमा खटिएको देखिपछि सर्वसाधरण नागरिकमा सकरात्मक सन्देश गएको माओवादीले जनाएको छ ।
अभियान सञ्चालनको लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एकचन्द्र बराल सोलुखुम्बुमा खटिएका छन।

प्रतिक्रिया दिनुहोस्