युवा संघ नेपाल सोलुखुम्बुले गठन गर्‍यो १११ सदस्यीय आठौं जिल्ला सम्मेलन आयोजक कमिटी



सोलुखुम्बु । राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बु आठौं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ।

जिल्ला पार्टी कार्यालय सल्लेरीमा शनिबार सम्पन्न भेलाले प्रवेश किरांतीको संयोजकत्वमा एक सय एघार सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो।

युवा संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेस उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्यता, पार्टी कमिटीका अध्यक्ष डुफकुमार वास्तोलाको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले आयोजक कमिटीको सह संयोजकमा साजन मगर,सचिबमा किशोर कटवाल,आर्थिक बिभाग प्रमुखमा प्रमोद श्रेष्ठ, प्रचार बिभाग प्रमुखमा संगम राई र संगठन बिभाग प्रमुखमा श्रवण कार्कीलाई चयन गरेको युवा संघ सोलुखुम्बुका इन्चार्ज वीर उदाश श्रेष्ठले जानकारी दिए।

भेलामा युवा ईन्चार्ज वीर उदाश श्रेष्ठ तथा पार्टी सचिवालय सदस्य कल्पना राईको उपस्थित रहेको थियो ।जिल्ला सम्मेलनको मिति भने जिल्लाका आठबटै स्थानीय तहमा पालिका अधिबेशन सम्पन्न भएपछि तोकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्