नेतृत्वको गलत क्रियाकलापले गर्दा समाजले आत्मविश्वास गुमायो : थापा
झापा। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठुला सबैजसो राजनीतिक दलको नेतृत्व गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको बताएको छ।

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा जनतामा छटपटी र आक्रोश बढिरहेको बताउंदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।
‘जनतामा ठूलो छटपटी छ, आक्रोश छ’, उनले भने, ‘जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफूलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्नसक्छ भन्ने सावित गर्नुपर्ने बेला आएको छ ।’
महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पारे ।
प्रमुख दलका नेताहरुले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत उनको आरोप थियो । file foto

