आङगेलु शेर्पालाई कांग्रेस पर्यटन बिभाग प्रमुखको जिम्मेवारी



काठमाडौ।नेपाली कांग्रेस पर्यटन बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य आङगेलु शेर्पाले पाएका छन्।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरु तोक्दै पर्यटन बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य शेर्पालाई दिएका हुन्।

कसले कुन विभागको जिम्मेवारी पाए ?
१. कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
२. पुष्पा भुसाल महिला विभाग
३. चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४. किरण यादव तराई-मधेश समन्वय विभाग
५ .योगेन्द्र चौधरी थारु विभाग
६ .गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७. आङ्गेलु शेर्पा पर्यटन विभाग
८. डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ .दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१०. प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११. रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२. गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३. नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४. मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ .सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

प्रतिक्रिया दिनुहोस्