नेशनल प्याब्सनको महानगर अधिवेशनमा आफू सर्बसम्मत अध्यक्ष निर्बाचित हुनेमा खरेल आशावादी
काठमाडौ।भाद्र १६ गते हुने नेशनल प्याब्सनको दोस्रो महानगर अधिवेशनमा विजय कुमार खरेलले अध्यक्षमा उम्मेद्बारी घोषण गरेका छन।

युनिभर्सल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा लामो समयदेखि अनवरत रुपमा सक्रिय रहँदै आएका खरेलले यस अघि संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गरिसकेका छन्।
नीजि लगानीबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि सदा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका खरेलले आफु सर्वसम्मत अध्यक्ष चयन हुनेमा आशावादी रहेको बताए।
महानगरको दोस्रो अधिवेशन काठमाडौं धुम्बाराहीस्थित दियो ब्याङ्क्युटमा हुने भएकोले सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि पनि उनले आग्रह गरेका छन्।

