सदस्यता विवाद : पत्रकार महासंघ काठमाडौंमा लाग्यो ताला



काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले ताला लगाएको छ ।

महासंघले नयाँ सदस्यताका लागि सिफारिस वितरण गर्दा अपनाएको विधि विभेदपूर्ण रहेको भन्दै चौतारीले शुक्रबार ताला लगाएको हो ।

महासंघले मनोमानी र सुनियोजित तरिकाले निर्बाचन परिणामलाई लक्षित गरेर सदस्यता बितरणका लागि छानिछानी सिफारिस गरिएको चौतारीको आरोप छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको प्रेस चौतारी काठमाडौंका अध्यक्ष मुकुन्द भुसालले जानकारी दिए।

नयाँ सदस्यताका लागि आवेदन दिनेमध्ये झण्डै आधा संख्यामा पत्रकारहरुको नाम कटाएर ३३६ जनाको नाम प्रदेशमा पठाएको सार्बजनिक भएको थियो।सार्बजनिक भएका नाममा प्रेस युनियन र प्रेस सेण्टर आवद्धहरुको मात्र रहेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्