मन्त्रीस्तरीय निर्णयसंगै अघि बढ्यो दिप्लीघाटमा नयाँबेलिबृज निर्माण प्रक्रिया



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका प्रबक्ता भोजराज कार्कीले थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने दुधकोशी नदीको दिप्लीघाटस्थित बेलिबृज निर्माण हुने पक्का भएको बताएका छन्।

अबिरल बर्षापछि आएको बाढीका कारण कोशी पारिका दुई वटा गाउँपालिकाको आवागमन नै अबरुद्ध हुने गरि सो बेलिबृजमा क्षति पुगेपछि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई नेतृत्वको टोलीले तिन दिन यता गरेको निरन्तर प्रयासपछि बेलिबृज निर्माण हुने पक्का भएको कार्कीको भनाइ छ।त्यसका लागि पूर्बाधार बिकास तथा यातायात मन्त्री प्रकाश ज्वालाले बुधबार मन्त्रीस्तरीय निर्णय समेत गरिसकेको प्रबक्ता कार्कीको भनाई छ।

राष्ट्रिय सडक नभएकाले बेलिबृज निर्माण सडक बिभागको प्राथमिकतामा नपर्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले चासो राखेपछि निर्माण प्रक्रियाले गति लिएको हो। सडक बिभाग अन्तर्गतको पुल महाशाखाले निर्माण गर्दा झण्झटिलो प्रक्रिया पुरा गर्दा ढिलाइ हुने हुँदा नेपाली सेनामार्फत निर्माण गराउन पहल गरिरहेको अध्यक्ष अशिम राईले बताए।

अध्यक्ष राई सहित महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ,सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत र थुलुङ दुधकोशी गाउँपालिका प्रबक्ता कार्की पुल निर्माणका लागि निरन्तर पहल गरिरहेका छन्।

आइतबार प्राविधिक र स्थानीय प्रशासन सहितको टोलीसंगै क्षतिग्रस्त पुलको निरीक्षण गरेपछि पुनः निर्माणको पहल गर्न त्यसै राती काठमाडौं हिंडेका थिए।सोमबार अध्यक्ष राईसहित अन्य जनप्रतिनिधिको टोलि प्रधानमन्त्री प्रचण्डलाई समस्या अवगत गराएपछि द्रुतगतिमा प्रक्रिया अघि बढेको हो।

प्रतिक्रिया दिनुहोस्