अप्पर जुनबेंसीबाट उत्पादित झण्डै २७ लाख युनिट विद्युत बार्षिक बिक्रि गर्ने सोलु दूधकुण्डको योजना
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले नगरपालिकाको वडा नं-२ जुनबेसी्मा निर्माणाधीन अप्पर जुनबेंसी हाइड्रोपावरबाट उत्पादित बिजुली राष्ट्रिय प्रशासनको ग्रीडमा जोड्ने तयारी गरेको छ।

बैकल्पिक उर्जा प्रबर्दन केन्द्रसंगको सहकार्यमा नगरपालिकाले निर्माणको नेतृत्व लिएको ३०० किलोवाट क्षमताको सो आयोजना उत्पादित अप्पर जुनबेंसी हाइड्रो निर्माणको अन्तिम चरणमा पुगेको छ ।
अब केहि समय भित्र यो विद्युत संचालनमा ल्याइ बढी भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सोलुदुधकुण्ड नगरपालिकाको योजना रहेको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
अबको झण्डै तीन महिनामा आयोजना निर्माण सम्पन्न हुने जानकारी दिंदै नगरप्रमुख शेर्पाले स्थानीयको खपतपछि बांँकी रहेको बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोड्ने तयारी गरिएको बताउंँदै शेर्पाले भन्नुभयो,-‘दिउँसो र राती ११ बजेपछि खासै बिजुलिको प्रयोग हुंदैन,त्यो समयमा बचत हुने बिजुली राष्ट्रिय प्रशारणको ग्रीडमा जोड्ने हाम्रो योजना हो।’
नगरपालिकाको वडा नं-२ जुनबेंसीका स्थानीयको आवश्यकता पूर्तिका लागि सो आयोजनाको निर्माण गरिएको हो।निर्माण सम्पन्न भएपछि सो वडाका झन्डै ८ सय परिवार लाभान्वित हुने जानकारी दिंदै नगरप्रमुख शेर्पाले बचत रहेको बिजुली बिक्री गर्दा नगरपालिकाको आयश्रोत हुने अपेक्षा गरिएको बताउनुभयो ।
बर्षमा झण्डै २७ लाख युनिट बिजुली बिक्री गर्न सकिने हाम्रो अनुमान छ,नगरप्रमुख शेर्पाले भन्नुभयो।

