चेतना बिस्तार पुष्तकालयमा बृहत साहित्यिक कार्यक्रम हुने



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-४ स्थित चेतना बिस्तार पुष्तकालयमा बृहत साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ।

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा चेतना विस्तार युवा परिवार कला तथा साहित्य विभागको आयाेजनामा शुक्रबार सो कार्यक्रम हुन लागेको पुष्तकालय संचालक समितिका संयोजक छबि बास्तोलाले जानकारी दिए।

संस्थाकाे सभा हलमा आयोजना हुने सो कार्यक्रममा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने कला तथा साहित्य विभाग संयोजक युवराज शर्मा (युराक) को जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्