अल्पायुमै बिते एमाले नेता तथा टाक्सिन्दुका समाजसेवी राई
दीप खालिङ,सोलुखुम्बु। समाजसेवी तथा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नँ १ का वडा सदस्य टेकवीर राईको अल्पायुमै निधन भएको छ।

क्यान्सर पीडित राईको ४६ बर्षको उमेरमा आज निवासी समाजसेवी काठमाडौँको कपनस्थित आफ्नै निवासमा निधन भएको हो।
बिगत १ बर्षदेखि क्यान्सर रोगले पीडित हुनु भएका राई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।स्वर्गीय राईका श्रीमती र दुई छोरा छन् ।श्रीमती बुद्धलक्ष्मी राई एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य हुनुहुन्छ।
गएको स्थानीय तह निर्बाचनमा राई नगरपालिकाको वडा नं १ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट निर्बाचित भएका थिए।लामो समयसम्म गाउँकै टाक्सिन्दु माबिको अंग्रेजी शिक्षकका रूपमा काम गरेका राई पछि सोही विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत भएका थिए।
पर्यटन ब्यबसायी समेत रहेका राई त्यस क्षेत्रका निकै लोकप्रिय ब्यक्ति हुन्।त्यस क्षेत्रको शिक्षा,स्वास्थ्य तथा गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्थानीयबासी बताउंछन्।
स्वर्गीय राईको पार्थिव शरीरलाई जन्मस्थल नुनथलामै अन्त्यष्टी गरिने भएको छ।

