ललिता निबास जग्गा प्रकरण : चार पूर्वमन्त्रीसहित २९० जनाबिरुद्द मुद्दा  दर्ता



काठमाडौं।बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ९० जनाविरुद्ध मुद्धा दायर भएको छ । जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् ।

उनीहरुविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि कीर्तेमा मुद्दा दायर भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९० जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

प्रतिक्रिया दिनुहोस्