दिप्लीघाट बेलिबृज पुनः निर्माणका लागि पहल गर्ने सभापति शेर्पाको प्रतिबद्धता
दिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बाढीका कारण क्षतिग्रस्त बनाएको दिप्लीघाट बेलिबृज पुनः निर्माणका लागि आफुले सक्दो पहल गर्ने बताएका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापतिसमेत रहेका शेर्पाले बिहीवार राति दुधकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सो पुलको स्थलगत अवलोकन गर्दै सो कुरा बताएका हुन्।सडक सञ्जाल जोड्नका लागि पनि उक्त बेलिबृजको पुनः निर्माण या विकल्प खोज्नु अपरिहार्य रहेको बताउंदै उनले प्रदेश र गाउपालिकाका प्रमुखहरुसंग समन्वय गर्ने कुरामा आफुले कुनै कसर बांकी नराख्ने बताए।
थुलुङ दुधकोशी गाउपालिकाको दिप्लिमा निर्माण भएको उक्त पुलले कोशी पारि रहेको सोताङ गाउपालिका र महाकुलुङ गाउपालिकालाई सडक सञ्जालमा जोडेको थियो। जसका कारण स्थानीयले सडक मार्ग हुँदै सिधा सदरमुकाम राजधानीसम्म पहुँच पुगेको थियो। तर अहिले बर्षादको कारण नदिमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि यातायात र आवतजावतमा समस्य भएको छ ।
बाढिले गर्दा करोडौंको क्षति भएको र क्षतिग्रस्त बेलिब्रीज नजिकै बन्दै गरेको मोटेरेबल पुलको निर्माण सामग्री र काकु कन्ट्रक्सन प्रा लिको एक वटा स्काभेटर पनि बाढिले बगाएको प्रत्यक्षदर्शीको भनाई छ।

