स्वधर्मको रक्षा र गौहत्याको बिरोधमा धरान बाहिर शान्तिपूर्ण र्याली, हजारौंको सहभागिता
इटहरी। गौहत्याको बिरोध र स्वधर्मको रक्षाको आह्वान गर्दै हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा शनिबार धरानबाहिर शान्तिपूर्ण र्याली गरिएको छ ।

हिन्दु सनातनीहरुले पूजा गर्ने गाई तथा गोरुको हत्या,मन्दिर अगाडि चर्च निर्माण, विदेशी लगानीमा भइरहेको धर्मान्तरको विरोधमा इटहरीदेखि तरहराको पानीपियासम्म प्रदर्शन गरिएको र्यालीमा हजारौं सहभागिता भएका थिए।
धरानमा र्याली गर्दा क्रिश्चियन धर्म मान्नेहरुसँग झडप भई हिंसात्मक रुप लिनसक्ने संभावना बढेपछि सुनसरी प्रशासनले गएरातिदेखि निषेधाज्ञा जारी गरेको छ । र्यालीमा सहभागीहरुले निषेधाज्ञा लगाइएको ठाउँ बाहिर कार्यक्रम गरेका हुन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले गाई तथा गोरु काटेर खान पाउनुपर्नेहरुलाई निरुत्साहित गर्नुपर्नेमा सामाजिक सदभाव विगार्ने गरी उनीहरुलाई प्रश्र दिने, मन्दिर अगाडि चर्च निर्माण गर्न दिने,साम्प्रदायिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा उग्र अभिव्यक्तिहरु पोष्ट गर्ने काम गरेको आरोप लगाइएको छ ।

