एमाले सचिवालय बैठक १३ गतेबाट सुरु हुने
काठमाडौं।मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ । शनिबारबाट सुरु हुने भनिएको बैठक मौसमका कारण स्थगित गर्नु परेपछि भदौं १३ गतेलाई तय गरिएको हो।

बैठक चौथों महाधिवेसनस्थल सिरहा जिल्लाको धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हुनेछ।सिरहा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले १३ गते देखी सो बैठक सुचारु हुनेछ । उनका अनुसार बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला परेको तर निरन्तर झरीका कारण खोलामा बाढी बढेको र तर्न नसकिने अवस्था देखिएपछि बैठक स्थगित गर्नु परेको हो ।
सोही ठाउँमा सम्पन्न भएको तत्कालिन नेकपा मालेको चौथों महाधिवेसनबाट मदन भण्डारी पार्टी नेतृत्वमा आएका थिए । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमि तयार भएको सो स्थानमा भदौ ९ गतेका लागि नेकपा एमालेले सचिवालय बैठक राख्ने निर्णय गरेको थियो।

