जनैपूर्णिमाका अवसरमा दूधकुण्डमा नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन हुने
दिप खालिङ,सोलुखुम्बु।नेपाल रेडक्रस साेसाइटी उपशाखा टाक्सिन्दुले जनै पुर्णिमाकाे अवसरमा दूधकुण्ड जाने भक्तजनलाई लक्षित गरी नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गर्ने भएकाे छ ।

प्राथमिक स्वास्थ्य शिविरको लागि १० जना स्वयंसेवक परिचालन भएकाे रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुका उपसभापति आइविर राइले बताउनुभएकाे छ ।
धार्मिक तीर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरुको स्वास्थ्य र यात्रालाई मध्यनजर गर्दै साेलुदुधकुण्ड नगरपालिकाले पनि शिबिरमा औषधिसहित स्वास्थ्य्कर्मी परिचालन गर्ने बताइएको छ।
उक्त शिविरमा खटिने रेडक्रस उपशाखाका स्वयंसेवकहरुलाई अावास तथा खानाका लागि नेपाल लाईफ इन्स्युरेन्स कम्पनिले सहयाेग गर्ने कम्पनिका प्रबन्धकले जानकारी दिनुभयो।
सोलुदुधकुण्ड नगरपालिकाको एक पर्यटकीय र धार्मिकस्थल कारेलुङ र नुम्बुरको फेदमा अवस्थित दुधकुण्ड जनैपूणिर्माको दिन भब्य मेला लाग्ने गर्दछ । यसै मेलालाई लक्षित गरि भक्तजनहरुलाई यात्रा सहज गराउन बिगत २०६६ सालदेखि नियमित शिविर संचालन गर्दै आएकाे नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।(सांकेतिक तस्बिर)

