राजसंस्था पुनःस्थापनाको मुद्दामा फर्किए कमल थापा, राप्रपासंग मोर्चाबन्दी गरेर आन्दोलन अघि बढाउने तयारी
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनमा हराएको भन्दै राजतन्त्र पुनर्स्थापनाकाे एजेन्डा परित्याग गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पुनः राजतन्त्रकै एजेन्डामा फर्किएका छन् । थिए ।

बिहिवारबाट सुरु पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै उनी सो एजेन्डामा फर्किएका हुन। उनको प्रतिबेदनमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र राप्रपा नेपालको मूल विचार हुने उल्लेख गरिएको छ ।
उनी सो एजेन्डामा फर्किएसंगै नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा संयुक्त मोर्चा बनाउने र मोर्चाले राजसंस्था स्थापनाका लागि आन्दोलन गर्ने तयारी भइ रहेको छ । उक्त मोर्चा अगाडि बढाउन राप्रपाबाट धवलशमशेर राणाले जिम्मा पाएका छन् ।
यो मोर्चामा कमल थापा र दुर्गा प्रसाईं पनि जोडिँदैछन् । त्यसको लागि संवादमा राणा रहेका छन् । संयुक्त आन्दोलन गर्ने सहमति जुटेसँगै कमल थापा राजतन्त्रको एजेन्डामा फर्किएको राप्रपाका एक नेताको भनाइ छ । ती नेताको भनाइमा पार्टी एकता गर्नेगरी यो मोर्चा बन्न लागेको हो ।

