पूर्वसचिव उपाध्यायविरुद्ध चितवन प्रहरीमा साईबर क्राइम सम्बन्धि उजुरी



चितवन । पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ ।आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग गर्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी हुन।

करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको उनको आरोप छ।

उपाध्यायले ती महिलाको तस्बिर राख्दै केहिदिन अघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो ।

प्रतिक्रिया दिनुहोस्