भारतीय तीर्थयात्री बोकेको बस बाराको चुरियामाई दुर्घटना,७ जनाको मृत्यु



बारा।बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने ७ मध्ये ३ जनाको सनाखत भएको छ।

बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृतकहरूमा महोत्तरीको लोहार पटी बस्ने बर्ष ४१ को बिजय लाल पण्डित, भारत राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मिरा देबी छन्। बाँकी ३ महिला र एक पुरूषको परिचय खुलाउने प्रयास भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो। बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको डिएसपी न्यौपानेले जनाकारी दिए । मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको उनले बताए।

घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्