समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने,कहाँ कहिले ?



काठमाडौँ ।समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ।

सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा बसेक समाजवादी मोर्चाको तेस्रो बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।

बैठकबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि हमालले बताए ।file foto

प्रतिक्रिया दिनुहोस्