माप्य दुधकोशी-७ ले काठमाडौंमा सञ्चालन गर्‍यो घुम्ती सेवा, आठ दर्जन बढी लाभान्वित



काठमाडौं।काठमाडौं आई बसोबास गर्ने वडाबासीहरुको सहजताका लागि सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले घुम्ती शिबिर सञ्चालन गरेको छ।

कुलुङ शेर्पा किदुकको ब्यबस्थापनमा काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शुक्रबार सञ्चालन गरिएको शिबिरबाट झण्डै आठ दर्जन बढी वडाबासीले सेवा लिएको माप्यदुधकोशी वडा नं-७ का वडा सदस्य दुर्गा प्रसाद राईले जानकारी दिनुभयो।

वडाध्यक्ष सगुजीत राईको उपस्थितिमा सञ्चालन गरिएको शिबिरमा जन्मदर्ता,बिबाह दर्ता,मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिएको वहाँले बताउनुभयो।

सो वडाले घुम्ती शिबिर सञ्चालन गरेर वडाबासीहरुलाई पहिलोपटक काठमाडौंबाटै सेवा प्रदान गरेको हो।बर्खायाममा आफू बसेकै ठाउँमा आएर वडाले सेवा प्रदान गर्दा समय र खर्चको समेत बचत हुनुका साथै आफुहरुलाई ठुलो राहत भएको सेवाग्राहीहरुले प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्