एमालेलाई बद्नाम गरेर सरकारले सुन प्रकरणलाई अन्तै मोड्न खोजेको पोखरेलको आरोप



काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा नियोजितरूपमा आफ्नो परिवारलाई जोड्न खोजिएको भन्दै आपत्ति जनाएका छन।

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर एक अनलाइन सञ्चारमध्यमले शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै शक्रबार एक बक्तब्य जारी गर्दै पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती समेत दिएका छन। यस्ता नियोजित प्रचारबाजीबाट भ्रमित नहुन आग्रह गर्दै पोखरेलले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिनुभएको छ ।

पत्रकारिताको सामान्य मर्यादा पनि नराखी नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरिएको उनको भनाई छ।पोखरेलले वक्तव्यमा भनिएको छ, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

प्रतिक्रिया दिनुहोस्