संखुवासभा कारागारका कैदीलाई यातना दिएर मारिएको मानव अधिकारकर्मीको निष्कर्ष



खांदबारी।संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुई कैदीको मृत्यु पाशविक यातना दिएकाले भएको निष्कर्ष निकालिएको छ । मानव अधिकारकर्मीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मृत्यु भएको थियो । स्थलगत अवस्था नियाल्दा कैदीहरु कारागारबाट भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिए कुटपिट गरि मारेको ठहर अधिकारकर्मीहरुको छ ।

स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाका अनुसार मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिएको पनि बताइएको छ ।((सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्