एमालेको कार्यक्रममा अब अतिथि र बक्ताले पनि मञ्चमा बस्न नपाउने
काठमाडौं।नेकपा एमालेले सञ्चालन गर्ने औपचारिक कार्यक्रमहरुमा अब अतिथि र वक्तालाई पनि दर्शकदीर्घामै बसालिने भएको छ।

मञ्चको प्रयोग वक्ताले मात्रै गर्ने गरी कार्यक्रम शुरू भइसकेपछि आसन ग्रहणको उद्घोषण गर्ने परीपाटीको अन्त्य गर्ने निर्णय पनि एमाले सचिवालय बैठकले गरेको छ।साउन २९ गते बसेको सचिवालय बैठकले कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको रिमालले जनाएका छन्।
रिमालका अनुसार यी मापदण्ड केन्द्रदेखि गाउँस्तरसम्म लागू गरिने भएका छन्। यसका लागि छिटै अपानि जारी गरिने एमालेले जनाएको छ।कार्यक्रमलाई छिटो र छरितो बनाउने भन्दै यस्तो गरिएको हो।यसलाई अब अन्तरपार्टी निर्देशन (अपानि)का रूपमा जारी गरिने उपमहासचिव विष्णु रिमालले जनाएका छन्।
यस्तै,नयाँ मापदण्ड अनुसार अब एमालेका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली बाहेक अरूको तस्वीर नराखिने भएको छ। यसअघि पुष्पलाल श्रेष्ठ, मदन मण्डारी र मनमोहन अधिकारीको तस्वीर राखिने गरेको थियो।

