जनमत पार्टी दोश्रो पटक सरकारमा सहभागी हुंदै
काठमाडौं ।जनमत पार्टी आजबाट सरकारमा सहभागी हुने भएको छ।सत्तागठबन्धनमा रहेपनि मन्त्रालय बिबादका कारण सरकारबाट बाहिरिएको सो पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दै सरकारमा सहभागी गराउन लागेका हुन ।

जनमत पार्टीले अनितादेवी साहलाई मन्त्री बनाउने बताईएको छ।तर उनले कुन मन्त्रालय पाउँछिन भन्ने टुंगो भने लागि सकेको छैन।जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।यसअघि जनमतबाट अब्दुल खाँ खानेपानी मन्त्री थिए।

