खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा नयाँ कार्यसमिति



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको भेलाले नयाँ कार्यसमितिको चयन गरेको छ ।
पुरानो कार्यसमितिलाई विघटन गरी हिजो नयाँ कार्यसमितिको चयन गरेको हो । समितिको अध्यक्षमा दावा ग्याल्जेन शेर्पा, उपाध्यक्षमा पाल्देन डोमा शेर्पा र सचिवमा सोनाम तेन्जिङ शेर्पा रहनुभएको छ । कार्यक्रम मन्जु सामुदायिक भवनमा सम्पन्न भएको निर्वाचित सचिब सोनाम तेन्जी शेर्पाले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्र नियमावली अनुसार समितिको ५ वर्षे कार्यकाल सम्पन्न भइ सो समितिको चयन गरिएको हो ।

भेलामा सगरमाथा राष्ट्रिय निकुञ्ज प्रतिनिधि, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नुरुजाङ्वु शेर्पा, हिमालय मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष सोनाम तेन्जी मगर, स्थानीय संघ संस्थाका प्रतिनिधि समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्