सरकारले अनुचित अडान लिएर सदनको कारबाहीलाई बाधा सिर्जना गरिरहेको छ : अध्यक्ष ओली
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको बताएका छन् ।

च्यासलमा एमालेकाे केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरण महातस्करी प्रकरण भएको समेत बताए । जुत्ता ल्याउँदा, चुरोट ल्याउँदा पनि सुन आएकोले आफूहरु बोल्न खोज्दा सत्तापक्षले सदनमा बोल्न नदिएको समेत बताए ।
उक्त पत्रकार सम्मेलनमा ओलीद्वारा प्रेषित प्रेस वक्तव्यमा भनिएको छ, ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचालेजस्तै सरकार स्वतन्त्र, निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने र त्यस्तो समिति गठन गर्न नहुने अनुचित अडान लिएर सदनको कारबाहीलाई अगाडि बढ्न बाधा सिर्जना गरिरहेको छ। सरकारको अनुचित अडानले यस विषयमा सरकार र सत्ताधारी नेतृत्वको संलग्नताको आशंकालाई थप पुष्टि गर्ने काम गरिरहेको छ।’
सुन तस्करी प्रकरणमा सरकार जरासम्म पुग्नुको साटो टुप्पोटुप्पो मात्रै हेरेर बसेको उनको आरोप छ। इलेक्ट्रिक सिगरेट (भेप)मा सुन तस्करीको विषयमा नाम जोडिएका केही व्यक्तिमाथि सोधपुछसमेत नगरिएकोप्रति उनले असन्तुष्टि जनाए।
file foto

