नेपाली कांग्रेसलाई अब नयाँ ढंगले अघि बढाउनुपर्छ : केन्द्रीय सदस्य शेर्पा
इटहरी।नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टी संगठनलाई अझ सशक्त बनाउने हो भने अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक सुदृढीकरण अभियानका लागि सुनसरीमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका केन्द्रीय सदस्य शेर्पाले शनिबार सुनसरीको ४ नं क्षेत्रीय समितिले संघिय निर्बाचन क्षेत्र केन्द्र लौकिमा नवनिर्मित क्षेत्रिय पार्टी कार्यलयको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
उनले पुरानो इतिहासले मात्रै कांग्रेस अघि बढ्न नसक्ने बताउंदै समयानुकूल परिवर्तन अहिलेको आवश्यकता रहेको औंल्याए।निरन्तर उहीँ ढंगले एउटै कुरा दोहोर्याएर अहिलेका युवा र विद्यार्थीहरुलाई पार्टीप्रति आकर्षित गर्न सकिंदैन, शेर्पाले भने- ‘बर्तमान आवश्यकता र जनचाहना अनुसारका कार्यक्रम कार्यान्वयनतर्फ नेतृत्वले ध्यान दिनुपर्छ।’ पार्टीमा क्रियाशिलता,सक्रियता र आचरण अनुसार पुरस्कार र दण्डको ब्यबस्था हुनुपर्ने पनि उनको भनाई थियो।
बर्तमान गठबन्धन सरकार तत्काल परिवर्तन हुने सम्भावना नरहेको बताउंदै अहिले आईरहेका प्रतिक्रिया दबाब दिने रणनीतिका साथ आइ रहेको दावी शेर्पाले गरे।

